January 9, 2025, 8:13 pm
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

एक दर्जन कर्मचारीहरूकै सेटिङ्गमा निजी स्वास्थ्य क्लिनकहरू सञ्चालन बर्दिवास अस्पतालको सेवा प्रवाहमा सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै

पुस ११, २०८१ मा प्रकाशित | १०६०दर्शक तीव्रखबर

महोत्तरी । पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि बढ्दै गएका छन ।

अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन ।

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पसल, ल्याव तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी बनाईरहेको देखिन्छ ।

`पर्याप्त जनशक्ति भएतापनि सामान्य रगत जाँचको लागि वाहिर जानुपर्दो रहेछ,` स्थानीय विनोद लामाले भने, ´अस्पतालको व्यवस्थापकीय पाटोको कमजोरीले विकृति बढिरहेको पाईयो ।´ अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरुले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार बनाएका छन ।

अस्पताल परिसरवाट बाहिर निस्केपछि झण्डै एक दर्जन औषधि पसल, प्याथोलोजी ल्याव, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ ।वाहिरपट्टी वाक्लै देखिने क्लिनक र औषधि पसलहरुले अस्पताल आन्तरिक रुपमा कति खोक्रो छ भन्ने जोकोहीले सहजै अनुमान लगाउन सक्छन् ।

अस्पतालको वाहिरी गेट देखि परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन । यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन भने कतिपय गुपचुप खोलेको छन् । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन ।

`भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रुपमा अस्पताललाई प्रयोग गररिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठुलो विकृति रहेछ ।´अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवर्द्धन सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नपाईने स्पष्ट व्यवस्था छ ।

तर खुलेआम वाक्लै संख्यामा खुलेका कर्मचारीका फार्मेसीले अस्पतालको व्यवस्थापकीय पाटो माथि नै गम्भीर आशंका उत्पन्न गराएका छन्  । अस्पतालका प्रबक्ता जगत खड्का अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यद्पि यथेष्ट सुविधाहरु परिसर भित्रै रहेको जिकिर गर्छन् ।

तर, २०८१ पुस ८ गते  सोमवार कयौ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर  विनोद लामाले प्रबक्ता खड्कालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराईरहेका थिए ।

अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्यावका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरुले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पूर्ण जाँच गर्ने गरिन्छ ।

महतोले एकजना वाहिरी डाक्टर समेत राखेका छन । `कहिलेकाँही विरामीहरु सिधा यहाँ आउनुहुन्छ अनि यतैवाट डाक्टर वोलाउछौं । पहिले- पहिले भित्रवाट पनि डाक्टर सापहरु वोलाउने गर्दथ्यौ,´ महतोले भने ।

त्यस्तै ह्यापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन् । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन् ।

`भित्र औषधिहरु नपाईने भएकाले वाहिर सवै औषधि पाउनेगरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस भन्ने अभिप्राय हो ।´ तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानीय उर्मिला घिमिरे वताउछिन् ।

अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्‍याउन नसक्दा अस्पताल वरपर नै  मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन । यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरुलाई अस्पताल जान वाटो छेक्ने गर्दछन ।

सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्वाध संचालन भैइरहेका छन । तर अस्पतालमा यति धेरै वेथितीहरु देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरु मौन देखिन्छन । अस्पतालमा भएका विकृतिहरुको विषयमा जानकार रहेको वताउदै क्रमशः सुधार गर्दै अगाडि बढिरहेको अस्पतालका प्रबक्ता जगत खड्काको दावी छ ।

केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्वीकार गर्दै ल्याव इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने वताए । तर सेवाग्राहीहरु यस्तो वहाना हरेक विभागमा बनिरहने गुनासो गर्छन । बर्दिवास-३ की उर्मिला घिमिरे यदि सोझो बन्यो भने सवै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य बनाउने गुनासो गरिन ।

यसैलाई फाईदा उठाएर वाहिरवाट आएर किल्निक  खोल्ने क्रम समेत बढेको छ । परिणामस्वरूप लाहान अल्ट्रासाउन्ड किल्निक भर्खरै खुलेको छ । आफूलाई डा.प्रमोद साह बताउने यस्का प्रोपाईटरले भित्र दिने सवै सुविधा यहाँ पाईने वताए ।

बाहिर निजी अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिवास अस्पताललाई लक्षित गरेर औषधि पशल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यस्थापन र सेवाप्रवाहलाई मध्यनजर गर्दै यस्तै किल्निक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन ।

बर्दिवास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाईदा उठाएर पैसा कमाउने अस्त्र वनाएको देखिन्छ । नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पसल, ल्याव तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी बनाईरहेको देखिन्छ ।

यता बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको वेथितिहरुको तत्कालै अनुगमन गर्ने बताए। अस्पतालका कर्मचारीहरुले त्यसरी औषधि पसल र किल्निक खोल्नु गलत भएको बताउदै तत्काल छानबिन प्रक्रियालाई अगाडि समेत बढाउने प्रतिवद्धता जनाएका छन् । -विशाल बस्नेत, न्यूज कारखानाबाट

प्रतिक्रिया