February 23, 2025, 9:33 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

पुस २५, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन् ।

भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको कसुरमा अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

बिहीबार भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई उक्त धरौटी रकम तोकेका थियो ।

पुस २४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईं र उनका तीनजना सहयोगीविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा मुद्दा दर्ता गरेको थियो ।

यस प्रकरणमा प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको थियो । उनीहरू दुईजनालाई पनि अदालतले धरौटीमा रिहा गर्न भनेको छ।

प्रतिक्रिया