February 23, 2025, 7:54 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण

फाल्गुन ११, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

सशस्त्र प्रहरी बल नेपालमा तालिमरत निरीक्षक सन्तोषी महतले घाँटीमा पासो लगाएकी छन् । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामपाटनमा सञ्चालित सि.सं. १७ आधारभूत तालिममा रहेकै बखत हिजो राति साढे ९ बजे शौचालयमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् ।

शिक्षालय परिसरभित्र प्रशिक्षार्थी महिला ब्यारेकसँगै जोडिएको शौचालयको बाँसको बलोमा उनी झुण्डिएकी हुन् । स्रोतका अनुसार नाइलनको डोरीले पासो लगाएकी र ३७ नम्बर गणमा कार्यरत महत सिन्धुपाल्चोक,लौगर्चे वडा नम्बर ४ की स्थायी बासिन्दा हुन् । उक्त तालिममा प्रमुख प्रशिक्षक तेज पोख्रेल र कमाण्डेन्ट सुधिरजङ्ग थापा छन् ।

सशस्त्र प्रहरी जवानको रुपमा फौजमा प्रवेश गरेर असईमा नाम निकालेकी उनी बडो दु:खका साथ इन्सपेक्टरमा उक्लन सफल भएकी थिइन् । सुखद भविष्यको कल्पना गर्दागर्दै किन जीवनदेखि हार मानिन्-अनुसन्धान नसकिएसम्म यसै भन्न सकिने स्थिति छैन । -जनआस्थाबाट

प्रतिक्रिया