February 23, 2025, 7:24 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित

फाल्गुन ११, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा ९ जना केन्द्रीय सदस्य थपिएका छन्। आइतबार अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्।

केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन्। ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन्।

मनोनित हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन्।

सदस्यमा मनोनित हुने जेकेन्द्र अध्यक्ष डा. भट्टराईका ज्वाईं हुन्। बाबुरामकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया