February 23, 2025, 6:59 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल

फाल्गुन ११, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल पाथिभारामा केवलकार नबनाउँदा केही नबिग्रने बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत गुजुरेलले पाथिभारा मुकुम्लुङमा केवलकार निर्माणको बिषयलाई लिएर भईरहेका घटना दुःखद भएको भन्दै शान्ति, सद्भाव र सांस्कृतिक एकता कायम राख्न सुझाव दिएका हुन् ।

उनले स्थिति थप बिग्रन नदिनका लागि केवलकार निमार्णको निर्णयबाट पछि हट्न पर्ने सुझाव दिएका छन् ।उनले लेखेका छन्, ‘ माता पाथिभारा मुकुम्लुङमा केवलकार निर्माणको बिषयलाई लिएर भईरहेका घटना दुःखद छन् । प्रसिद्द धार्मिक क्षेत्रमा मानिस (सुरक्षाकर्मी र जनता) घाईते हुनु सुखद संकेत होईन । अहिलेलाई एउटा केवलकार नबनेर केही बिग्रिदैन तर शान्ति, सद्भाव र सांस्कृतिक एकता बिग्रियो भने धेरै कुरा बिग्रिन्छ ’ निर्माण पक्ष पछाडी सर । स्थितिलाई थप बिग्रिन नदेउ । विवाद र बिरोधविच ल्याउने विकासले दीर्घकालिन निकास दिंदैन । जनभावनाको कदर गर ।’

प्रतिक्रिया