February 23, 2025, 8:19 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

फाल्गुन ११, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए ।
लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए ।
इरानका विदेशमन्त्री अब्बास अरघची हसन नसरल्लाह र हाशिम सफिद्दीनको अन्त्येष्टिमा सहभागी भएका छन् ।

प्रतिक्रिया