February 24, 2025, 5:55 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

पुस २५, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

पोखरा– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र ठगी आरोपमा पक्राउ परेका सातजनामध्ये धरौटी बुझाएर केही रिहा भएका छन् ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको आदेशअनुसार बिहीबार साँझ नै एमालेकी पूर्वप्रदेश सांसद मीना गुरुङ र उनका बुवा कृष्णबहादुर गुरुङ र आरती गुरुङ रिहा भएका हुन् ।

न्यायाधीश राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजनासँग धरौटी माग गरेको थियो ।

यस प्रकरणमा छविलाल जोशीसँग ८८ लाख, रविसँग ६५ लाख, लीला पछाईंसँग ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग ५ लाख, उनका बुवा पूर्वब्रिटिश सैनिक कृष्णबहादुर गुरुङसँग एक लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग भएको थियो ।

यस प्रकरणमा ३७ लाख धरौटी माग गरिएकी पछाईं बुझाउन नसकेपछि कारागार चलान भएकी छन्। उनी गोर्खा मिडिया नेट्वकर्कका अध्यक्ष जीबी राईकी सहयोगीका रपमा थिइन् । यस प्रकरणमा प्रहरीले छविलाललाई असोज ६ र रविलाई कात्तिक २ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया