December 12, 2024, 2:35 am
» टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु » उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक » सिरियामा फसेको पाकिस्तानी टोली बेरुत पुग्यो » दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग » चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

सिरियामा फसेको पाकिस्तानी टोली बेरुत पुग्यो

मंसिर २६, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

इस्लामाबाद – सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् ।

यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेका दूतावासका अधिकारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री सेहबाज सरिफले सोमबार सिरियाबाट छिमेकी देशहरू हुँदै फर्कन चाहने पाकिस्तानीहरूलाई द्रुत र सुरक्षित निकासीका लागि कार्य योजना तयार गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।

सिरियाले जारी राजनीतिक अस्थिरता र द्वन्द्वका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । यसले त्यहाँका बासिन्दा र विदेशी नागरिकहरूलाई सुरक्षा जोखिमहरू खडा गरेको छ ।

प्रतिक्रिया