February 24, 2025, 1:21 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

रमेश विष्टसहित १३ जना प्रेस युनियनबाट निष्कासित

मंसिर २६, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली काँग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ।

संगठनको निर्णय विपरीत माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारबाही गरेको हो।

निष्कासित हुनेहरूमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मीन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र ध्रुव रावल रहेका छन्।

प्रतिक्रिया