February 24, 2025, 1:01 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मंसिर २६, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

नुवाकोट – यहाँको किस्पाङ गाउँपालिका-१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।

टिपरको ठक्करबाट किस्पाङ-४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।

ठक्कर दिने बागमती प्रदेश ३-०१-००३ क ७१८७ नं को टिपरमा स्थानीयले क्षति पु(याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पु¥याएका थिए ।

पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।

प्रतिक्रिया