December 11, 2024, 11:40 pm
» टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु » उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक » सिरियामा फसेको पाकिस्तानी टोली बेरुत पुग्यो » दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग » चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

अफगान शरणार्थी मन्त्रीको आत्मघाती विस्फोटमा मृत्यु

मंसिर २६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ ।

अधिकारीले भने, ‘दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विस्फोट भयो र मन्त्री खलिल उर-रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।’

तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उनी वर्तमान आन्तरिकमन्त्री सिराजुद्दिन हक्कानीका काका पनि थिए ।

प्रान्तीय गभर्नर, कमान्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दाबी गरेको छ ।

तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाविरुद्धको युद्ध समाप्त भएको थियो ।

प्रतिक्रिया