February 24, 2025, 6:03 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिरियामा फसेको पाकिस्तानी टोली बेरुत पुग्यो

मंसिर २६, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

इस्लामाबाद – सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् ।

यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेका दूतावासका अधिकारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री सेहबाज सरिफले सोमबार सिरियाबाट छिमेकी देशहरू हुँदै फर्कन चाहने पाकिस्तानीहरूलाई द्रुत र सुरक्षित निकासीका लागि कार्य योजना तयार गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।

सिरियाले जारी राजनीतिक अस्थिरता र द्वन्द्वका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । यसले त्यहाँका बासिन्दा र विदेशी नागरिकहरूलाई सुरक्षा जोखिमहरू खडा गरेको छ ।

प्रतिक्रिया