काठमाडौं, । एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया