January 22, 2025, 9:51 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

सूचना लुकाउन महासंघले दियो उल्टै धम्की

मंसिर ८, २०८१ मा प्रकाशित | ३४२०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघमा भएका बेथिति, अनियमितता एवं मनपरीतन्त्रका बारेमा निरन्तर समाचार फ्लो अप गरेपछि गलत समाचार प्रकाशन भएको भए कानुनी प्रक्रियाबाट जानुपर्नेमा विज्ञप्तिमार्फत् कानुनी कारबाहीको धम्की दिएर महासंघले आफ्नो रुप देखाएको छ ।

समाचार प्रकाशनसँगै महासंघमा तीव्रखबरले सूचना पनि माग गरेर त्यहाँ भएका बेथिति, अनियमितता एवं मनपरीतन्त्रका बारेमा सूक्ष्म अध्ययन गरिरहेको छ । यसैक्रममा यही मंसिर २ गते महासंघका कार्यालय प्रमुखसँग मागिएका सबै सूचना ‘सूचना अधिकारीलाई कारबाही गरी पाउँ’ भनी उजुरी गरिएको छ । सूचना अधिकारीले ‘लुकाएका सूचना’ सबै पाउँ भनी कार्यालय प्रमुखसँग सूचना माग गरिरहेका बेला महासंघ भने सूचना दिनुको सट्टा सत्यतथ्यका आधारमा पत्रकारिता गर्ने यस ‘तीव्रखबर’ अनलाइन न्युज पोर्टलको नाम उल्लेख गरेर कानुनी कारबाहीको धम्की दिन थालेको छ । यसबाट महासंघले आफ्नो रुप आफैँ प्रदर्शन गरेको पुष्टि हुन्छ ।

कुनै पनि मिडियामा आएको समाचार गलत भएमा के गर्ने भन्ने पनि सूचनाको हकका लागि काम गर्ने भनी दावी गर्ने महासंघका पदाधिकारी, सदस्य र कार्यालय प्रमुखलाई थाहा नभएजस्तो देखिएको छ । समाचार गलत भए के कसरी त्यसको कानुनी प्रक्रियामा अघि बढ्ने भन्ने विषय प्रेस काउन्सिल नेपालले पनि आफ्नो वेबसाइटमा राखेको छ । महासंंघका पदाधिकारी, सदस्य र कर्मचारीलाई यति गर्ने फुर्सद पनि नभएको हो वा त्यति पनि ढँग नभएका हुन् भन्ने थाहा छैन । यसैले यो समाचारसँगै गलत समाचार लेखेपछि के गर्ने भन्ने काउन्सिलको वेबसाइटमा राखिएको विवरणको स्क्रिन सट पनि राखिदिएका छौँ ।

खण्डन तथा कारवाहीका निम्ति उजुरीको प्रकृया एवं मापदण्ड

महासंघकै गतिविधिले प्रमाणित गर्दैछ अनियमितता भइरहेको तथ्य
भनिन्छ, कागले का, का, गर्दै आफ्नो नाम सबैलाई बताउँछ । यस्तै महासंघले पनि आज बिहान ५ः४० बजे तीव्रखबरको इमेलमा प्रेस विज्ञप्ति मेल गरी पठाएको छ । यसले तीव्रखबरमार्फत् यसअघि प्रकाशन गरेका पाँचवटा समाचार सही हुन् भनी प्रमाणित गरेको छ । कुनै पनि सार्वजनिक कार्यालय त सार्वजनिक बिदाको दिन एकाबिहानै खुल्दैन होला । कि यो महासंघ २४ सै घण्टा खुल्ने कार्यालय हो ? यदि होइन भने यो कार्यालय अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष वा कुनै सदस्यको खल्ती अथवा झोलाबाट चल्छ भन्नेमा अब शंका रहेन ।

बिहान ५ः४० बजे इमेल आएको इमेलको स्क्रिन सट

तीव्रखबरले समाचारमार्फत् महासंघमा भएको र महासंघमा आवद्ध सदस्यहरुले गरेको अनियमितका विषय उठाउँदै आएको पनि यस्तै तथ्य र प्रमाणका आधारमा हो, जुन तीव्रखबरको कार्यालयमा सुरक्षित छ ।

शनिबार बिहान ५ः४० बजे महासंघका अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति तीव्रखबरको इमेलमा आएपछि त्यसलाई पनि जस्ताको त्यस्तै पाठकसमक्ष प्रस्तुत गरेका छौँ । यसअघि तीव्रखबरका प्रधानसम्पादकले सूचना मागको निवेदन महासंघको इमेल ठेगानामा पठाउँदा यो व्यक्तिगत इमेलमा आयो, सूचना अधिकारीको इमेलमा पठाउनु भनी विधि सिकाउने महासंघका अध्यक्ष र महासचिवलाई बिहानै कार्यालय खुल्दैन भन्ने पनि थाहा नभएको हो कि ? अथवा उहाँहरुको होस् हवासै उडिसकेको हो ? गम्भिर प्रश्न खडा भएको छ ।

पाठकलाई यो पनि जानकारी गराउन चाहन्छौँ कि अहिलेसम्म तीव्रखबरमा विधिवत् रुपमा कुनै खण्डन प्राप्त भएको छैन । खण्डन गरेर समाचार गलत भएको भए त्यसको कानुनी बाटोबाट उपचार खोज्नुको सट्टा प्रेस विज्ञप्ति निकालेर धम्की दिनु कति जायज हो ? यसको मूल्यांकन गर्न हामी आम पाठकलाई अपील गर्न चाहन्छौँ । प्रकाशित भएका समाचारमा लागेका आरोपको बुँदागत रुपमा तथ्यसहित खण्डन गर्न नसक्नुले नै समाचारको सत्यतालाई पुष्टि गर्दछ ।

जुन मिडियाले सो विषयलाई उठाएको हो, त्यसमा खण्डन नदिइकन प्रेस विज्ञप्तिका माध्यमबाट खण्डनजस्तो गरी भ्रम सिर्जना गर्ने, सूचना लुकाउन तथा नदिन र तीव्रखबरको फलोअपलाई रोक्ने मनसायी राखि धम्कीपूर्ण प्रेस विज्ञप्ती आउनुले महासंघसंग माग गरिएको सुचना नभएको पुष्टि मिल्छ यसलाई हामी सूक्ष्म अध्ययन गरिरहेका छाैं । यसअघिका समाचार प्रकाशन गर्दा तीव्रखबरले प्रत्येक विषयमा महासंघका तर्फबाट प्रतिक्रिया लिएरमात्र प्रकाशन गरेको छ । त्यो विषय पाठकले थाहा पाइसक्नुभएको छ ।

महासंघले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको तस्तै

यस अघि प्रकाशन गरेका समाचारहरुकाे लिंक

सूचनाको हकमा काम गर्ने महासंघले नै दिँदैन सबै सूचना

नगरपालिकासंग ‘पैसा असुल्दै’ सूचनाको हकका महासचिव साह र कोशी प्रदेश संयोजक खान

महासंघकाे अनियमिततामा उपसमितिलाई समेत गुमराह : तीन पदाधिकारीकाे मिलेमतो

एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा

सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती

प्रतिक्रिया