February 23, 2025, 2:08 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

सूचनाको हकमा काम गर्ने महासंघले नै दिँदैन सबै सूचना

मंसिर ३, २०८१ मा प्रकाशित | २६७०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा
काठमाडौँ । सूचनाको हकका लागि काम गर्नका लागि स्थापित भएको दावी गर्ने सूचनाको हकका लागि राष्ट्रिय महासंघसँग माग गरिएको सूचना समयमा सम्पूर्ण सूचना नै पाउन सकिएन ।

यस अनलाइनका प्रधान सम्पादक मनोज खतिवडाले कात्तिक १४ गते महासंघको इमेल ठेगानामा सूचना मागको निवेदन दिएर माग गरेको सूचना कात्तिक ३० गते आंशिकमात्र दिएको छ । महासंघले सूचनाको हकका लागि काम गर्ने दावी गरेपनि केही पदाधिकारीको स्वार्थ सिद्धिको साधनका रुपमा मात्र यसलाई प्रयोग गरिएको र उच्च अधिकारीले महासंघलाई कमाउ धन्दा र मोजमस्तीको माध्यम बनाएको सूचना स्रोतबाट प्राप्त भएपछि पहिलोपटक कात्तिक १० मा समाचार प्रकाशन गरेको थियो ।

महासंघमा भएका अनियमितताको निरन्तर फ्लो अप गर्दै समाचार लेखिरहे पनि अहिलेसम्म त्यस विषयमा भने महासंघले केही बोल्न सकेको छैन । सूचनाको हककै लागि काम गर्ने महासंघले चाहिँ नागरिकले मागेको सूचना दिनु नपर्ने हो भन्ने प्रश्न अहिले यस क्षेत्रमा सक्रिय व्यक्तिकाबीच चर्चामा रहेको छ । किन माग भएको सबै सूचना नदिएको भनी महासंघको सूचना अधिकारी समेत रहेका सचिव प्रेमभक्त रेग्मीसँग प्रतिक्रिया लिँदा उनी भन्छन् ‘तपाईलाई अरु कति चाहियो, अरु छैन्, बाँकी हाकिमसंग माग्नुहोला ।’

अध्यक्ष बागचन्दको बठ्याइँ
महासंघको अध्यक्ष बागचन्दले मधेश प्रदेशको कार्यक्रममा जाँदा श्रीमती निर्मलालाई पनि लगेर मञ्चमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयु्क्त महेन्द्रमान गुरुङसँगै राखेको समाचार सबैभन्दा पहिले तीव्रखबरले प्रकाशन गरेको थियो । अध्यक्ष बागचन्दले श्रीमतीको प्लेन टिकट पनि महासंघकै खर्चमा कटाएका थिए । कात्तिक १० गते त्यससम्बन्धी समाचार यस अनलाइनले सार्वजनिक गरेपछि व्यक्तिगत खर्चमा गएको दावी गरेपनि महासंघले टिकट काटेको र सार्वजनिक रुपमा प्रश्न उठेपछि व्यक्तिगत खर्च व्यहोर्ने भनी भन्न थालेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

महासंघ सूचनाको हकका लागि काम गर्ने नै संस्था हो भने यससम्बन्धी वास्तविक विवरण महासंघले वेबसाइट वा अन्य माध्यमबाट सार्वजनिक गर्न सक्छ । महासंघसँग यसलाई सार्वजनिक गर्ने हिम्मत छ ? स्रोत प्रश्न गर्छ ।

महासंघले दिएका सूचना पनि कति आधिकारिक हुन् भनी तीव्रखबरले अध्ययन सुरु गरेको छ । यो विवरण भएका अन्य संस्थामा पनि सूचना माग गरेर यसको परीक्षण गर्ने तयारी सुरु भइसकेको छ । मागेको सबै सूचना महासंघले नदिएपछि मंसिर २ गते आइतबार महासंघ र यसका जिम्मेवार पदाधिकारीको इमेलमा कार्यालय प्रमुखलाई सम्बोधन गरी सम्पूर्ण सूचना माग गरिएको छ ।

यो पनि पढनुहोस्

नगरपालिकासंग ‘पैसा असुल्दै’ सूचनाको हकका महासचिव साह र कोशी प्रदेश संयोजक खान

महासंघकाे अनियमिततामा उपसमितिलाई समेत गुमराह : तीन पदाधिकारीकाे मिलेमतो

एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा

सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती

प्रतिक्रिया