September 19, 2024, 10:21 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

४ लाख २७ हजार पर्यटक मुस्ताङ भित्रिए

साउन १, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

जोमसोम : आर्थिक वर्ष २०८०/०८१ मा कुल ४ लाख २७ हजार २७१ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसास्थित प्रहरी चौकी चेकपोष्टको वार्षिक रेकर्डमा सडकमार्ग हुँदै उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन्।

गत आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिँदा अघिल्लो आर्थिक वर्ष २०७९/०८१ को अनुपातमा  ११ दशमलव ११ प्रतिशत पर्यटक वृद्धि भएको प्रहरीको पर्यटक तथ्यांकले देखाउँछ। अघिल्लो आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ३ लाख ७९ हजार ७६७ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। जसमा नेपाली आन्तरिक पर्यटक ३ लाख ३ हजार ८०० र सार्क तथा अन्य मुलुकका विदेशी पर्यटक ७५ हजार ९६७ जनाले मुस्ताङको भ्रमण गरेका थिए।

गत आर्थिक वर्ष २०८०/०८१ मा नेपाली आन्तरिक पर्यटक ३ लाख १८ हजार ८१४ जना र सार्क तथा अन्य मुलुकका विदेशी  १ लाख ८ हजार ४४८ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। उनका अनुसार मुस्ताङमा गत आर्थिक वर्ष सार्क मुलुकका ९९ हजार २७६ जना र अन्य मुलुकका ९ हजार १७१ जना विदेशी पर्यटक भित्रिएका हुन्।

प्रतिक्रिया