November 5, 2026, 3:39 pm
» लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ » रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट » प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो » विराटनगर किंग्समाथि काठमाडौँको ९ विकेटको शानदार जित » सापकोटा मोबाइल प्रकरणले ततायो राजनीति, पद्मा अर्यालले खोलिन् मुख!

प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

कार्तिक १९, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे । प्रधानमन्त्रीले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।

शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए । उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुने गरी आफूहरूले तयारी गरिरहेको बताएका थिए ।

साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको उनले प्रधानमन्त्रीलाई जानकारी गराए । आजै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको उनले प्रधानमन्त्रीलाई जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *