October 26, 2026, 3:13 pm
» लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने » दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार » सर्बियामा विद्यार्थी आन्दोलनको विजय » घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए » टाइगर श्रफलाई गोलि प्रहार गर्नेहरुको निशानामा थिए आमिर खान

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

कार्तिक ८, २०८३ मा प्रकाशित | २६०४ दर्शक तीव्रखबर

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

शनिबार राजधानी तेल अभिभमा भएको प्रदर्शनमा सहभागीहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि भएका सुरक्षा चूकको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

समाचार संस्था एएफपीका अनुसार प्रदर्शनमा इजरायलका प्रमुख चार विपक्षी दलका नेतासमेत सहभागी भएका थिए । नेतान्याहूका प्रमुख चुनावी प्रतिस्पर्धी तथा पूर्वसेना प्रमुख गादी आइजेनकोट पनि प्रदर्शनमा सहभागी थिए ।

‘अक्टोबर काउन्सिल’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा मारिएका तथा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य सहभागी थिए । उनीहरूले आक्रमण हुनुअघि भएका सुरक्षा कमजोरीको छानबिन गर्न स्वतन्त्र सरकारी आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीले सुरक्षा चूकका लागि जिम्मेवार अधिकारीको पहिचान गरी जवाफदेही बनाउनसमेत सरकारसँग माग गरेका छन् ।

तर, नेतान्याहू सरकारले स्वतन्त्र सरकारी आयोग गठन गर्ने मागलाई अस्वीकार गर्दै आएको छ । सरकारले प्रस्ताव गरेको वैकल्पिक व्यवस्थाअनुसार आयोगका आधा सदस्य सत्तारूढ गठबन्धनले र बाँकी आधा विपक्षी प्रतिनिधिले नियुक्त गर्नेछन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको थियो । उक्त आक्रमण रोक्न नसकेको विषय नेतान्याहू सरकारमाथि उठ्दै आएको प्रमुख प्रश्नमध्ये एक हो ।

इजरायलमा अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनअघि सार्वजनिक भएका जनमत सर्वेक्षणले नेतान्याहू समर्थक समूह र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेका छन् । यस्तो अवस्थामा सुरक्षा चूकको छानबिनको मागले चुनावी बहसलाई थप प्रभाव पार्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *