December 4, 2024, 8:46 am
» जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक » चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते » लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष » चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन » मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

अशोज ६, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौँ,  : हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताउनुभयो । “साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ”, उहाँले भन्नुभयो, “त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।”

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया