February 23, 2025, 9:50 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष

मंसिर १९, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच जारी छ । लुम्बिनी लायन्सले चौथो ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिराइयालाई गुमाएको छ ।

रनआउट भएका आशुतोष १३ बल खेलेर १५ रन जोडेका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । पाँचौ ओभरको समाप्तिमा लुम्बिनी एक विकेटको क्षतिमा ३६ रनको अवस्थामा छ ।

कीर्तिपुर मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको छ ।

प्रतियोगितामा लुम्बिनीको यो  पहिलो खेल हो । उता विराटनगरको भने यो तेस्रो खेल हो । गत शनिबारको उद्घाटन खेलमा जनकपुर बोल्ड्सले विराटनगरलाई ८ विकेटले पराजित गरेको थियो ।दोस्रो खेलमा भने विराटनगरमाथि सुदूरपश्चिम रोयल्सले ९० रनको फराकिलो जीत निकालेको थियो ।

प्रतिक्रिया