February 23, 2025, 1:32 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई

फाल्गुन ११, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं,  । एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा कानुन र संविधानअनुसार नै केबलकार निर्माण भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा उनले पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा भइरहेका गतिविधिबारे आपत्ति जनाए ।
ताप्लेजुङका सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताए । ‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमै काम अगाडि बढाएको हो’, उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ ।’
उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए ।

प्रतिक्रिया