February 23, 2025, 3:47 pm
» अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान » बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित » पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल

पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस्

फाल्गुन ११, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं- राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गरेर प्रधानमन्त्री बन्न सुझाएका छन् ।

ज्ञानेन्द्रलाई फेरि राजा बन्ने चाहना परित्याग गर्न पनि सुझाव दिएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले पूर्वराजा शाहलाई दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउन पनि सुझाव दिए ।

तपाईंले फेरि राजा बन्ने चाहना त्यागी आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्’, उनले भने, ‘२०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसद्‍बाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि गरिदिनुस् ।’

पूर्वराजाले फागुन ७ को शुभकामना दिने क्रममा अब विकल्पको समय आएको बताएका थिए । उनले दलहरूले पूर्वसहमति सम्झिएर देशलाई निकास दिन आफूलाई अघि सार्नुपर्ने धारणा राखेका थिए । त्यसलाई लिएर आइतबार संसद्का दुवै बैठकमा कडा टिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया