February 23, 2025, 4:10 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

फाल्गुन ११, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौँ । लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भएको छ । आज सम्पन्न आफ्नो अन्तिम खेलमा किर्गिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै लेबनान प्रतियोगितामा तेस्रो भएको हो ।
लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टी मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेका थिए ।
लेबनान र किर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यान्मारसँग पराजित भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा खेलेका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै नेपाल र म्यान्मार खेल्दै छन् । त्यस्तै फाइनलमा पनि नेपाल र म्यान्मार नै आगामी बुधबार खेल्दै छन् ।

प्रतिक्रिया