February 23, 2025, 3:05 pm
» ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ » पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप

एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल

फाल्गुन ११, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं, । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् ।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि डिस्चार्ज भएका उनले अत्यावश्यक काम निवासबाट गर्दै आएका थिए ।
एक सातापछि पौडेल सिंहदरबारस्थित अर्थ मन्त्रालय फर्किएका हु्न् ।

प्रतिक्रिया