February 26, 2025, 6:11 am
» गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति » इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प » जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय » रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन

मंसिर १९, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं – सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारी पीडितहरूले पनि चितवनमा प्रदर्शन गरेका छन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन गरेका हुन् । उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेमा राखेका छन् । त्यस्तै उनीहरूले संसदीय छानविन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले आफूहरूको रकम फिर्ताका लागि आवाज उठाउँदा राजनीतिक दलको आवद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनीहरूले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया