February 26, 2025, 9:57 am
» १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता » थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु » भक्तजन सवार गाडी कालीगण्डकीमा खस्यो

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

फाल्गुन १४, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं – स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।
उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको लु३ख ३३२४ नम्बरको पिकअप सडकबाट करिब सय मिटर तल खसेको थियो।
पिकअपमा सवार सहचालक पाल्पा रम्भा गाउँपालिका-३ कै राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए।
पिकअपमा चार जना सवार रहेकोमा अन्य सकुशल छन्।

प्रतिक्रिया