February 26, 2025, 9:51 am
» १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता » थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु » भक्तजन सवार गाडी कालीगण्डकीमा खस्यो

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

फाल्गुन १४, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो ।
अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको विवरण प्राप्त भएको छैन । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा थियो ।
इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प जान्छ । जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए । २०१८ मा, सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २,२०० भन्दा बढीको मृत्यु भएको थियो ।
२००४ मा, आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले गर्दा सुनामी आएको थियो जसले इन्डोनेसियामा १,७०,००० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो।

प्रतिक्रिया