February 24, 2025, 4:37 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते

मंसिर १९, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

चितवन,

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो। रास्वपा समर्थक र प्रहरीबीचको मुठभेडले केहीबेर भरतपुरको अस्पतालरोड क्षेत्र तनावग्रस्त भयो ।

चोबिसकोठीबाट प्रहरी घेरा तोडेर रास्वपा समर्थक जिल्ला प्रहरी कार्यलय अगाडि पुगेपछि दोहोरो झडप भएको थियो ।सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ । प्रहरीको बल प्रयोगमा रास्वपा जिल्ला सभापति कृष्ण भुषाल घाइते भएका छन् ।

आफूसहित १५ जनाभन्दा बढी घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ।  सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग दोस्रो दिन बुधबार पनि बयान लिने क्रम जारी छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि लामिछानेसँग बयान चलिरहेको छ।

प्रतिक्रिया