February 26, 2025, 6:41 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया

मंसिर १९, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएको प्रोस्टेटसम्बन्धी समस्याको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरिएको छ।

प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि बुधबार सबेरै बिहान उपचारका लागि भर्ना भएका राष्ट्रपति पौडेलको सफलतापूर्वक शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिको शरीरमा देखिएको प्रोस्टेटसम्बन्धी समस्याको आधुनिक प्रविधिबाट शल्यक्रिया (बीपोलार टीयुआरपी) सफलतापूर्वक सम्पन्न भएको हो । गुरुङका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया