February 26, 2025, 10:51 am
» प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु

फाल्गुन १४, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं,  । केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ । बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो। केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो चलचित्र हो ।
चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ। आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर कथा लेखिएको छ ।
चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।

प्रतिक्रिया