February 24, 2025, 3:53 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

मंसिर १९, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

मकवानपुर, 

हेटौंडा-सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बुधबार बिहान बकैयाँ गाउँपालिका-५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको हो ।

घाइतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको जनाइएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया