September 25, 2026, 10:03 pm
» सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा » सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो » अन्तर्राष्ट्रिय मिडिया राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा » अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो » पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

अशोज ९, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

काठमाडौँ । अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको हो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *