September 22, 2026, 1:39 pm
» मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन » असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक खुलाउन मर्मत तीव्र, रसुवागढीतर्फ नयाँ सर्वेक्षण सुरु » भारी वर्षाको पूर्वअनुमानपछि मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह » मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु » डायनाको संस्मरणले बेलायतमा नयाँ बहस

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

अशोज ६, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्बभन्दा बढी मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ ।

सबै खातामा गरी रु १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *