September 22, 2026, 1:38 pm
» मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन » असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक खुलाउन मर्मत तीव्र, रसुवागढीतर्फ नयाँ सर्वेक्षण सुरु » भारी वर्षाको पूर्वअनुमानपछि मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह » मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु » डायनाको संस्मरणले बेलायतमा नयाँ बहस

डाटा हबको समस्या समाधानभएपछि नियमित सेयर कारोबार सुरू

अशोज ६, २०८३ मा प्रकाशित | ९०४ दर्शक तीव्रखबर

काठमाडौं, । नेपाल स्टक एक्सचेन्जले मंगलवार सबै ब्रोकर कम्पनीमार्फत नियमित कारोबार सञ्चालन भएको जनाएको छ ।
७२ वटा ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गर्दै आएको डाटा हब प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सेयर कारोबार नियमित भएको नेप्सेले जनाएको छ ।
नेप्सेले मंगलबार सूचना जारी गर्दै डाटा हबमा देखिएको समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि नियमित कारोबार सञ्चालन हुने जनाएको हो।
डाटा हबमा देखिएको समस्याका कारण सोमबार नेप्सेमा सेयर कारोबार हुन सकेको थिएन। डाटा हबमा रहेको प्रणालीमा अनधिकृत पहुँच भएको आशंकापछि समस्या पहिचान र समाधानका लागि कारोबार रोकिएको थियो।
घटनापछि डाटा हबको प्रणाली तथा त्यसबाट प्रभावित हुन सक्ने कारोबार सदस्यहरूको डाटा सुरक्षाबारे समेत अनुसन्धान थालिएको थियो।
सोमबार नेप्सेले सूचना जारी गर्दै डाटा हबमा देखिएको प्राविधिक समस्याका कारण निर्धारित समयअनुसार कारोबार सञ्चालन गर्न नसकिएको जनाएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *