September 21, 2026, 10:34 am
» भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन » निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा » खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ? » “नेता नयाँ, गाडीको इन्जिन थोत्रो !” : आशिका तामाङ » चीन र अमेरिकाबीच कृत्रिम बौद्धिकतासम्बन्धी संवाद गर्ने सहमति

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

अशोज ५, २०८३ मा प्रकाशित | ७०४ दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले आफूभित्रै बसेर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले सोमबार त्रिपुरेश्वरमा आफूभित्रै रहेको अवस्थामा बसमा आगो लगाएका हुन्।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

चालक लामाले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण खुलिसकेको छैन। प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरैबाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जानकारी दिए।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले घटनाको कारण, बसमा आगजनी गर्नुको परिस्थिति तथा ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *