September 18, 2026, 9:15 am
» डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु » शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? » वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने » कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन » आजको मौसमः देशैभरी मनसुनी बायु सक्रिय, मध्यम बर्षा हुने

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

अशोज २, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । जिल्ला विकास समिति दैलेखका सभापति, नेपाली कांग्रेसका जिल्ला सभापतिको समेत जिम्मेवारी सम्हालेका शाही अग्रणी नेताका रूपमा स्थापित थिए।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ दैलेख बुडेली निवासी शाहीको ७७ वर्षको उमेरमा निधन भएको हो । हृदयघात भएपछि कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । नेता शाहीको निधनप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *