September 17, 2026, 10:42 am
» राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन » भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ » भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर » भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई राहत प्याकेज दिने प्राधिकरणको निर्णय » जलवायु न्याय र बढ्दो महँगी: सरकारको ध्यानाकर्षण

हुथीले साउदी लडाकु विमान खसालेको दाबी

अशोज १, २०८३ मा प्रकाशित | ३०४ दर्शक तीव्रखबर

काठमाडौँ । यमनका हुथी समूहले साउदी अरबको एफ–१५ लडाकु विमान खसालेको दाबी गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार मारिब प्रान्तको आकाशमा सैन्य गतिविधिमा रहेको विमानलाई स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालिएको हो । हुथीले विमानको अवशेष देखाइएको भिडियोसमेत सार्वजनिक गरेको छ । तर साउदी पक्षले विमान खसालिएको दाबीको पुष्टि गरेको छैन ।
यसैबीच, साउदी नेतृत्वको गठबन्धनले हुथीले मक्कातर्फ ड्रोन पठाएको आरोप लगाएको छ । साउदी वायु रक्षा प्रणालीले ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरेको गठबन्धनको भनाइ छ ।
हुथीले भने मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गर्दै साउदीको दाबीलाई झुटो भएको बताएको छ । पछिल्लो घटनाक्रमसँगै साउदी अरब र हुथीबीचको सैन्य तनाव थप बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *