September 17, 2026, 10:42 am
» राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन » भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ » भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर » भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई राहत प्याकेज दिने प्राधिकरणको निर्णय » जलवायु न्याय र बढ्दो महँगी: सरकारको ध्यानाकर्षण

दिल्ली पुगे अर्थमन्त्री डा. वाग्ले

अशोज १, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् ।

भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न द्विपक्षीय भेटवार्ता तथा छलफलमा सहभागी हुनेछन् ।
उनले भारतका व्यवसायी, नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सम्बन्ध विस्तार तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *