September 9, 2026, 9:11 am
» बाढीपहिरो प्रभावितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा » बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त » आफ्नै सरकारविरुद्ध रास्वपा सांसदको गर्जन : ‘ग्यास छैन, मुख देखाएर हिँड्न गाह्रो भयो’ » जेनजी आन्दोलनले राजनीतिक संस्कार परिवर्तन खोजेको छ : केसी » धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने

भदौ २४, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
मन्त्री यादवले उपत्यकामा आफूले प्रयोग गर्ने कम्पनीको सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।
यसबाट उपभोक्ताले आफ्नो कम्पनीको सिलिन्डर नपाएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरबाट समेत ग्यास पाउनेछन् ।
मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। साथै, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *