September 9, 2026, 9:09 am
» बाढीपहिरो प्रभावितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा » बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त » आफ्नै सरकारविरुद्ध रास्वपा सांसदको गर्जन : ‘ग्यास छैन, मुख देखाएर हिँड्न गाह्रो भयो’ » जेनजी आन्दोलनले राजनीतिक संस्कार परिवर्तन खोजेको छ : केसी » धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भोटेकोशी बाढीपीडितलाई क्यासिनो क्षेत्रबाट ८५ लाख २३ हजार सहयोग

भदौ २३, २०८३ मा प्रकाशित | ६८०४ दर्शक तीव्रखबर

– सि.के. चाैलागाईं

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल क्यासिनो एसोसिएसन र क्यासिनो माजोङले सहयोग गरेका छन्।

नेपाल क्यासिनो एसोसिएसनले कुल ८५ लाख २३ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त रकममध्ये क्यासिनो माजोङ काठमाडौं, नेपालगञ्ज र वीरगञ्जले मात्रै ५४ लाख २३ हजार रुपैयाँ सहयोग गरेका हुन्।

नेपाल क्यासिनो एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारी, सदस्य तथा सम्बन्धित क्यासिनोका महाप्रबन्धकसहितको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसमक्ष सहयोग रकम हस्तान्तरण गरेको हो।

क्यासिनो माजोङतर्फबाट प्रदान गरिएको ५४ लाख २३ हजार रुपैयाँ क्यासिनो माजोङ नेपाल, माजोङ वीरगञ्ज, माजोङ नेपालगञ्ज तथा नेपालगञ्ज र वीरगञ्जस्थित कर्मचारी र वीर गोर्खा सेक्युरिटी सर्भिसको समेत संयुक्त पहलमा संकलन गरिएको जनाइएको छ।

त्यस्तै, नेपाल क्यासिनो एसोसिएसनमा आबद्ध महाराजा द रोयल क्यासिनो (काठमाडौं र पोखरा), बादशाह क्यासिनो, क्यासिनो माजोङ नेपाल, माजोङ वीरगञ्ज, माजोङ नेपालगञ्ज लगायतका क्यासिनोहरूको योगदान रहेको बताइएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण नदी आसपासका बस्ती, घर, व्यवसाय तथा भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि सहयोग आवश्यक परेको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै राहत रकम उपलब्ध गराइएको क्यासिनो माजोङ तथा नेपाल क्यासिनो एसोसिएसनले जनाएको छ।

बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा निजी क्षेत्रबाट प्राप्त सहयोगले थप टेवा पुग्ने अपेक्षा गरिएको छ। विपद्का बेला सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र नागरिकस्तरबाट हुने सहयोगले प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *