September 9, 2026, 9:11 am
» बाढीपहिरो प्रभावितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा » बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त » आफ्नै सरकारविरुद्ध रास्वपा सांसदको गर्जन : ‘ग्यास छैन, मुख देखाएर हिँड्न गाह्रो भयो’ » जेनजी आन्दोलनले राजनीतिक संस्कार परिवर्तन खोजेको छ : केसी » धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

भदौ २३, २०८३ मा प्रकाशित | ७०४ दर्शक तीव्रखबर

काठमाडौं । चितवनको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् ।

कैदीबन्दीले रु १०० देखि रु दुई हजारसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो । रु तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताउनुभयो । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *