September 19, 2024, 11:58 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

फिल्म छक्का पञ्जा- ५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्बजनिक

अशोज ३, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।
गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई प्रस्तुत गरिएको छ ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।
गीतको लिंक- https://www.youtube.com/watch?v=PJmlPtTcOXA

प्रतिक्रिया