October 1, 2026, 7:49 am
» मोटरसाइकल दुर्घटना, २८ वर्षीय युवकको मृत्यु » प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता » ‘भवनसँगै मेरो इतिहास पनि बग्यो’ : बाढीले वडा कार्यालय बगाएपछि वडाध्यक्षको पीडा » अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु » ‘कुरा त्यही हो हजुर’ भन्दै बसे सांसद राई, संसदमा छुट्यो हाँसो!

बलिउड अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

साउन १६, २०८३ मा प्रकाशित | ८१०४ दर्शक तीव्रखबर

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गरेकी छन् ।

साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए ।

अभिनेत्री शेट्टी दर्शनार्थीका रूपमा आज बिहान पशुपतिनाथ दर्शन एवं पूजा आराधनाका लागि प्रवेश गरेको उनले बताए।

‘साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दु धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन् । त्यसमध्ये भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्’, उनले भने।

भारतबाट साउनमा विशिष्ट व्यक्तित्व पनि पशुपतिनाथमा दर्शनका साथै पूजा, आराधना गर्न आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *