October 1, 2026, 7:50 am
» मोटरसाइकल दुर्घटना, २८ वर्षीय युवकको मृत्यु » प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता » ‘भवनसँगै मेरो इतिहास पनि बग्यो’ : बाढीले वडा कार्यालय बगाएपछि वडाध्यक्षको पीडा » अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु » ‘कुरा त्यही हो हजुर’ भन्दै बसे सांसद राई, संसदमा छुट्यो हाँसो!

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी

साउन १५, २०८३ मा प्रकाशित | २०४०४ दर्शक तीव्रखबर

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् । अभिनेत्री शिल्पा नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा विशेष अतिथिका रूपमा सहभागी हुन आएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै आयोजक टोलीले उनको भव्य स्वागत गरेको थियो। काठमाडौंस्थित सोल्टी होटलमा भइरहेको यो अन्तर्राष्ट्रिय सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ ।

भारतको इभेन्ट व्यवस्थापक महासंघ ले आफ्नो १३औँ संस्करणको वार्षिक सम्मेलन पहिलो पटक नेपालमा आयोजना गरेको हो ।

आयोजकका अनुसार कार्यक्रममा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञ सहभागी हुँदैछन् । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा शिल्पा शेट्टीसँगै बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने जनाइएको छ । यस्तै, चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाको पनि विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *