तीव्रखबर
काठमाडौं — गायक तथा बाल कलाकार अशोक दर्जीमाथि दुर्व्यवहार भएको भनिएको भिडियो सार्वजनिक भएपछि फिल्म ‘पार्वती’को टिजर सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ।
फिल्म निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सन प्रालिले विज्ञप्ति जारी गर्दै अशोक दर्जीसँग सम्बन्धित संवेदनशील परिस्थितिका कारण हाललाई चलचित्रको प्रचार–प्रसार सामग्री सार्वजनिक नगर्ने निर्णय गरेको जनाएको छ।
निर्माण पक्षले चाँडै नयाँ मिति घोषणा गरी टिजर सार्वजनिक गर्ने जानकारी दिएको छ।
आर्थिक लेनदेनको विषयलाई लिएर अशोक दर्जीमाथि हातपात भएको भनिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएपछि फिल्मको प्रचार अभियान प्रभावित भएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया