तीव्रखबर
झापा: बाल गायकका रूपमा चर्चित गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट र धम्की दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।
दर्जीले झापाको विर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालयमा अंकित प्रधानसहित दुई जनाविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका हुन्।
उजुरीमा करिब एक महिनाअघि खिचिएको कुटपिटको भिडियो सार्वजनिक गरेर आफूलाई पटक–पटक धम्की दिइएको दर्जीले उल्लेख गरेका छन्। भिडियो हटाउन आग्रह गर्दा पनि सम्बन्धित व्यक्तिहरूले नमानेको उनको दाबी छ।
सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि निर्मात्री नीता ढुंगानाले दर्जीको उजुरी र तस्बिर सार्वजनिक गर्दै कलाकारको सुरक्षा र न्यायका लागि आवाज उठाएकी छन्।
अशोक दर्जी हाल झापास्थित घरमा बस्दै आएका छन्। उनी नीता ढुंगानाले निर्माण गरेको आगामी फिल्म ‘पार्वती’ मा समेत अभिनय गर्दैछन्। यसअघि उनले अभिनय गरेको फिल्म ‘धन बिनाको मन ठूलो’ ले राम्रो चर्चा पाएको थियो।
प्रतिक्रिया