October 1, 2026, 7:49 am
» मोटरसाइकल दुर्घटना, २८ वर्षीय युवकको मृत्यु » प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता » ‘भवनसँगै मेरो इतिहास पनि बग्यो’ : बाढीले वडा कार्यालय बगाएपछि वडाध्यक्षको पीडा » अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु » ‘कुरा त्यही हो हजुर’ भन्दै बसे सांसद राई, संसदमा छुट्यो हाँसो!

आमा बन्दै गायिका सुनिता दुलाल

साउन १०, २०८३ मा प्रकाशित | ७३०४ दर्शक तीव्रखबर

काठमाडौं — चर्चित गायिका सुनिता दुलालले आफू पहिलो सन्तानको आमा बन्न लागेको संकेत दिएकी छन्। नयाँ तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ को प्रचारका क्रममा उनले श्रीमान् राजेश केसीसँग बनाएको टिकटक भिडियोमार्फत बेबी–बम्प देखाउँदै खुसीको खबर सार्वजनिक गरेकी हुन्।

साडीमा सजिएर भिडियोमा देखिएकी दुलालको पेट ठूलो देखिएपछि उनी गर्भवती रहेको चर्चा सुरु भएको हो। उनले औपचारिक रूपमा घोषणा नगरे पनि भिडियोमार्फत अप्रत्यक्ष रूपमा आफ्नो मातृत्व यात्राबारे जानकारी दिएको बुझिएको छ।

गायिका दुलालले गत मंसिरमा राजेश केसीसँग विवाह गरेकी थिइन्। विवाहपछि पहिलो सन्तानको आगमनको तयारीमा रहेकी दुलालको यो खबरले उनका शुभेच्छुकहरूबीच खुसी छाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *