चितवन : आज बिहान ३ बजे गएको पहिरोले चितवन जिल्ला भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा एकको मृत्यु भएको छ।
बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको लु २ ख ६५६६ न.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सितको ढुङ्गाले लाग्दा बस चालक जिल्ला नवलपरासी सुनवल न.पा.४ बस्ने बर्ष ३६ को मेगनाथ बि.क. गम्भीर घाइते भइ उपचारको लागि भरतपुर तर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
बस घटना स्थलामै रहेको बसमा सवार यात्रुहरुलाई केहि नभएको बाटो एक तर्फ अवरोध भएको छ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ । बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको छ ।
प्रतिक्रिया