February 25, 2025, 9:57 am
» ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह

पुस ७, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला, महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन्। आइतबार पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्‍याउने बताएका हुन्।

उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्त्वपूर्ण रहेको बताए।  ‘हाम्रो गाउँठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुशी पार्न काममा  लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने,‘महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक तथा बाह्य  पर्यटक पनि बढ्छ। सकेसम्म विदेशी पाहुनालाई पनि आकर्षित गर्न सकियो भने अझ राम्रो हुन्छ।’

स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शन, प्रतिभाहरुको प्रस्फुटन र आफ्ना उत्पादनको सदुपयोग गर्ने बानी बनाउन पनि महोत्सवहरू हरेक पालिकामा आयोजना गर्न सके देशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राखे।त्यस्तै, उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको पनि जानकारी गराए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानले दिएको अधिकारहरु तीनै तहका सरकारहरूलाई दिने गरि आवश्यक संघीय कानुन बनाउनुपर्नेमा तीव्र रुपमा काम भइरहेको छ,’ उनले भने,‘ प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने जुन चाहना छ। त्यसलाई पूरा गर्न सरकार लागिरहेको छ।’

प्रतिक्रिया