February 25, 2025, 1:10 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली

फाल्गुन १३, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं,  । राजसंस्थालाई संविधानमा स्पेस दिनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा मंगलबार मोरसाइकल ¥याली निकालेको छ ।
‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, लगायतका नारा लगाउँदै राजसंस्था, सनातन हिन्दु अधिराज्यको पक्षमा धनगढीमा बृहत मोटरसाइकल र्‍याली निकालिएको हो ।
राप्रपाले हालै मात्र पोखरामा विरोध सभा आयोजना गरेको थियो । उसले राजसंस्था पुनःस्थापनाको माग गर्दै सडक र सदन दुवैतिर आन्दोलन चर्काउने घोषणा गरेको छ । हालै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई राप्रपाले औपचारिक रूपमै स्वागत गरेको छ ।

प्रतिक्रिया